आगलागीबाट धनमाल क्षति
संखुवासभा, २९ साउन
चेपुवा–३ गुठीगुम्बा बस्ने दोर्ची रिङिजङ भोटेको घरमा शनिबार आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन गरी करीव ८ लाख रुपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको छ ।
प्रहरी टोली खटी गई स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

