सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २९ साउन
    काठमाडौं : आफैले हाँकेको साईकलबाट लडेर शनिबार वेहोस भएका काठमाडौं महानगरपालिका–३१ पुतलीसडक बस्ने नागार्जुन नगरपालिका–९ रामकोटका ४० वर्षीय पुण्य स्थापितको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
    कपिलबस्तु : भृकुटी नगरपालिका–५ ईमलियास्थित महेन्द्र राजमार्गमा ना.४ ख १२८९ नम्बरको बस शनिबार ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टन जाँदा बसमा सवार २६ जनामध्ये १५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि मर्सिटी अस्पताल बुटवल पठाइएको र अवस्था सबैको मध्यम रहेको छ । बसका चालक फरार रहेकोले खोजी भइरहेको छ ।
    ईलाम : कोलबुङ–४ स्थित मेची राजमार्गमा बा.९ च ६६७८ नम्बरको कार शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङ बिराटनगर उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीय खन्झन झा लगायत ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बिएनसी अस्पताल बिर्तामोड पठाइएको छ ।
    दुर्घटनास्थलमा उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।