भरयाङ तथा भिरबाट लडेर मृत्यु

काठमाडौं, २९ साउन
    उदयपुर : बेल्टारबशाहा नगरपालिका–७ बस्ने ३६ वर्षीय पन्चबहादुर बि.क.को घरमा पाउना खाना आएको अवस्थामा शुक्रबार भरयाङबाट लडेर घाइते भएका उनका काका सोही नगरपालिका–९ बस्ने ५५ वर्षीय रंजित बि.क.को उपचारको लागि बिराटनगर न्युरो अस्पताल हुँदै थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा शनिबार बाटैमा मृत्यु भएको छ ।
    बैतडी : डिलासैन–१ नागिनी बस्ने ५५ वर्षीया सुर्मा बोहरा बाख्रा चराउने क्रममा सोही ठाउँस्थित पल्लादेही भिरबाट शुक्रबार लडेर चौलानी खोलाको किनारमा पुग्दा घटनास्थलमै मृत्यु भएको छ ।