अवैध सामानसहित पक्राउ
काठमाडौं, २९ साउन
थाई एयरवाईजको ३१९ नम्बरको उडानद्वारा आएका यात्रुले ल्याएको सामसुङ कम्पनीको ३२ ईन्चको एससीडि टिभी ३ थान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एराईवल गेट बाहिर पार्किङ एरियामा अवैधरुपमा कलेक्सन गरेको अवस्थामा काठमाडौं कीर्तिपुर बस्ने संखुवासभा मच्छेपोखरी–४ का २८ वर्षीय महेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उक्त सामान प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बिमानस्थल भन्सार कार्यालय पठाएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइहरको छ ।

