अवैध रुपमा लैजान लागेको विदेशी मुद्रासहित पक्राउ
काठमाडौं, २९ साउन
काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको ३५ हजार अमेरिकी डलर र ७ हजार ३ सय ५० युरोसहित राहदानी नम्बर ०५२७१६८९५ बाहक रोमानियाका नागरिक ३४ वर्षीय एन्ड्री गुम्टीट्रअलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उडान नम्बर क्यूआर ६५३ बाट दोहा हुँदै रोमानियाको रोमानिना बुचराष्ट जान लागेको अवस्थामा हेण्ड ब्याग चेकिङ एरियाबाट कालो ह्याहण्ड ब्यागमा लुकाई छिपाई लैजान लागेको उक्त विदेशी मुद्रासहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

