नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं, २९ साउन
    महानगरीय प्रहरी वृत्त कमलपोखरी र सामुदायिक प्रहरी सेवा कालोपुलको संयुक्त आयोजनामा हाडीगाउँको गहनापोखरीस्थित क्याम्पेन कलेज परिसरमा शनिबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
    सामुदायिक सेवा केन्द्र कालोपुलका अध्यक्ष चन्द्रबहादुर खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम राख्न नागरिक समाजले समेत प्रहरीलाई साथ दिनुपर्ने बताउनुभएको थियो भने प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले सवारी साधनको व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा स्थानीयवासी, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु र प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।