धारिलो हतियार प्रहारबाट मृत्यु
काठमाडौं, ३० साउन
मोरङ : पथरी शनिश्चरे नगरपालिका–१० बस्ने २१ वर्षीया समिक्षा कार्कीको धारिलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ ।
उनलाई शनिबार सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय दिलिप घतानी (बि.क.)ले उनकै घरमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले धरान घोपा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि अभियुक्त घतानीले समेत बिष सेवन गरेकोले उपचारको लागि पथरी अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पतालमा लगिएको छ । उनले धारिलो हतियार प्रहार गर्नुको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तनहुँ : ब्यास नगरपालिका–१० बिसघरे बस्ने १८ वर्षीय आकाश थापाको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
उनलाई शनिबार सोही नगरपालिका–१ हाईस्कुलटार बस्ने बिमल थापा लगायतका ६/७ जनाको समूहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकोले जिल्ला अस्पताल दमौली हुंदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
धारिलो हतियार प्रहार गर्ने बिमाल थापा सहित शंकास्पद ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

