गैर कानुनी तवरले विदेश पठाउने पक्राउ
सुनसरी, ३० साउन
गैर कानुनी तवरले बिदेश पठाउने तथा बिदेश पठाउन अन्तवार्ता लगायतका कार्यहरु गर्ने गरेको अभियोगमा ३ जनालाई प्रहरीले शनिबार पक्राउ छ ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–७ स्थित बिनायक टेक्निकल कम्पनी खोली बस्ने ४० वर्षीय चन्देश्वर चौधरी, सुन्दर दुलारी–७ बस्ने ४० वर्षीय पुरन चौधरी र श्रीलंकाली नागरिक ३४ वर्षीय अमिला अल्खा कौन रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

