झुण्डिएर तथा मृत अवस्थामा फेला

काठमाडौँ, ३० साउन
    काठमाडौँ : काठमाडौँ महानगरपालिका–९ तिलगंगा स्थित ओखलढुंगा गेष्ट हाउसको कोठा नम्वर ४ भित्र नुवाकोट बटार–३ घर भएका ६० बर्षीय हेमराज श्रेष्ठ शौचालयको ढोकाको फ्रेममा नाईलनको डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा र कोठाको बेडमा नाम,थर,वतन खुल्न नसकेकी अंदाजी ५५ बर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । उनीहरुले साउन २५ गतेबाट उक्त गेष्ट हाउसमा बस्दै आएको बताइएको छ ।
    यसैगरी काठमाडौँ महानगरपालिका–४ चण्डोल डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१७ घर भएकी ६१ बर्षीया शान्ति खड्का आइतबार डेरा कोठामा सुतिरहेको स्थानमा मृत अवस्थामा फेला परेकी छिन् ।
    सिन्धुपाल्चोक : बाँसखर्क–९ बस्ने ४८ बर्षीय सुर बहादुर तामाङ आइतबार बाडेगाउँ–६ स्थित ईन्द्रावती खोलाले बगाई ल्याएको अवस्थामा खोलाको बीचमा मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।