लागू औषध गाँजा बरामद

धनुषा, ३० साउन
    जनकपुर उपमहानगरपालिका–२५ लक्ष्मिनिया चोक स्थित ढल्केर जनकपुर सडक खण्डबाट बा.११ च ३६०६ नम्वरको कारबाट प्रहरीले अंदाजी ६६ के.जी. लागू औषध गाँजा बरामद गरेको छ ।
    ढल्केबरबाट जनकपुरतर्फ आइरहेको उक्त कारलाई आइतबार प्रहरीले रोकी चेकजाँच गर्न खोज्दा कार चालक कारको डिकीमा ११ पोकामा रहेको उक्त गाँजा छाडेर भागेका थिए ।   
    फरार चालकको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।