नल कटुवा पेस्तोल सहित पक्राउ

धनुषा, ३० साउन
    कनकपट्टी–१ बस्ने २४ बर्षीय मनोज कुमार यादवलाई प्रहरीले नल कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ । प्रहरीले उनीसंगै सिरर्सिया–२ बस्ने १८ बर्षीय प्रेम कुमार राउत र कनकपट्टी–९ बस्ने २४ बर्षीय श्याम कुमार यादवलाई समेत पक्राउ गरेको छ ।
    उनीहरुले सवैला नगरपालिका–१ घर भई कजरारमौल–१ मा औषधी पसल गरी बस्ने २६ बर्षीय उपेन्द्र यादवलाई कुटपिट गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोमा मनोज यादवको साथबाट गोली नभएको उक्त नल कटुवा पेस्तोल बरामद भएको थियो ।
    कुटपिटबाट सामान्य घाइते भएका उपेन्द्र यादवलाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।