श्रीमतीलाई मारेको अभियोगमा पक्राउ

धनुषा, ३० साउन
    आफनै श्रीमतीको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–६ बस्ने २७ बर्षीय कुसे साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
    साह तेलीले शुक्रबार २७ बर्षीया श्रीमती सुन्दर कला देवी साहतेलीलाई दाउरा खोज्नको लागि सोही नगरपालिका–९ स्थित बर्दीया जंगलमा लगी धारिलो हतियार प्रहार गरी हत्या गरेका भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जंगलमा खोजतलास गर्दा आइतबार जंगलको भैसे खोलामा हत्या गरी लास माथि दाउरा जम्मा गरी आगो समेत लगाई जलाउने प्रयास समेत गरेको अवस्थामा सुन्दरकला देवीको शव फेला परेको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।