आफनै श्रीमानको हत्या गर्ने पक्राउ
कपिलवस्तु, ३० साउन
आफनै श्रीमानको हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–१ वैरिया बस्ने २५ बर्षीया दुर्गा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले आइतबार घरायसी झै–झगडामा २९ बर्षीय श्रीमान शंकर न्यौपानेलाई ढुंगा र धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

