खोलाले बगाई मृत्यु
रसुवा, ३१ साउन
ठुलोगाउँ–६ महाविर बस्ने ५१ वर्षीय नरबहादुर तामाङ र उनको ४१ वर्षीय सुनिता तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।
सोही ठाउँ स्थित अँधेरीखोला तर्ने क्रममा आइतबार उनीहरुलाई खोलाले बगाएको अवस्थामा स्थानीय बासिन्दाले फेला पारी दुवैजनालाई खोलाबाट बाहिरी निकाल्दा मृत्यु भइसकेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

