लागू औषध सहित पक्राउ
बारा, ३१ साउन
मकवानपुर गढी–१ बस्ने २९ वर्षीय नेमा दोर्जे, १७ वर्षीय गमन बम्जन र मकवानपुर छतिवन–९ बस्ने २६ वर्षीय प्रेम थिङलाई प्रहरीले १२.५ के.जी. लागू औषध गाँजा सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आइतबार अमलेखगंज–६ आधाबार जङ्गलमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागू औषध गाँजा सहित पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

