करेन्ट लागेर मृत्यु

सिराहा, ३१ साउन
    आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा सोमबार अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी लाहान नगरपालिका–३ बस्ने ४५ वर्षीया सितादेबी महतोको उपचारको लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।