मृत अवस्थामा फेला
काठमाडौं, ३२ साउन
काठमाडौं : टोखा नगरपालिका–९ नैनडोल बस्ने काभ्रे रविओपी घर भएका ५१ वर्षीय नवराज खड्का मंगलबार विहान सुतेको स्थानमा मृत फेला परेका छन् ।
भोजपुर : खावा–३ पिखुवा खोलामा सोमबार हाल नाम, थर, वतन नखुलेका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा : गोत्री–४ स्थित भुगाखोला भन्ने स्थानमा सोही ठाउँ बस्ने ६५ वर्षीय मनि दमाई भिरबाट लडेर मृत्यु भएको अबस्थामा फेला परेका छन ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

