ल्यापटप चोरी गर्ने पक्राउ

मकवानपुर, ३२ साउन
    हेटौडा उपमहानगरपालिका–१० स्थित वन बिज्ञान संस्थानको छात्रवासबाट ल्यापटप चोरी गरी विक्री गर्ने तथा चोरीका ल्यापटप खरिद गर्ने सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा प्यापटप चोरी गर्ने हेटौडा उपमहानगरपालिका–५ बस्ने १८ बर्षीय सुभाष ढुङ्गेल, बिक्रि गर्ने सोही उपमहानगरपालिका–११ बस्ने १७ बर्षीय बिजय लामा तथा ल्यापटप खरिद गर्ने सोही उपमहानगरपालिका–९ बस्ने २२ बर्षीय सागर ढुंगाना रहेका छन् ।
    साउन २८ गते वन बिज्ञान संस्थानको छात्रवासबाट चोरी भएको ल्यापटप सहित उनीहरुलाई प्रहरीले बिशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।