खोलामा डुबेर मृत्यु

कन्चनपुर, ३२ साउन
    भिमदत्त नगरपालिका–१८ कटान बस्ने पुनर्बास–५ का १६ वर्षीय सुनिल तामाङको बितकोत नगरपालिका–९ स्थित तौडारा खोलामा डुबेर मंगलबार मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तामाङको स्थानीयले फेला पारी उपचारको लागि अंचल अस्पताल महाकाली लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।