करेन्ट लागेर मृत्यु

रुपन्देही, ३२ साउन
    बुटवल उपमहानगरपालिका–१२ अभियान पथस्थित बिद्युतको हाइटेन्सन लाईनको तार चुडिएर साईकलमा खस्दा तिलोतमा नगरपालिका–२० सखुवानी बस्ने गोपाल क्षेत्रीका छोरा १० वर्षीय रोहीत क्षेत्री र उनका भाई ६ वर्षीय  रोहन क्षेत्रीको उक्त तारबाट करेन्ट लाग्दा मंगलबार घटनास्थलमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।