सर्पले टोकेर छोराको मृत्यु आमा घाइते
सर्लाही, ३२ साउन
सिमरा–६ बस्ने ३० वर्षीया उर्मिला देबीको छोरा ४ वर्षीय आशिस यादवको सर्पले टोकेर मृत्यु भएको छ । घरमा सुतीरहेको अवस्थामा मंगलबार आमा छोरा दुबैलाई सर्पले टोकेपछि उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा आशिसको बाटोमै मृत्यु भएको थियो । उर्मिला देवीको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।

