हातहतियार सहित पक्राउ

कन्चनपुर, ३२ साउन
    भिमदत्त नगरपालिका–१८ बस्ने ३२ वर्षीय धर्मेन्द्रबहादुर बमलाई घरमा लुकाई छिपाई राखेको नलकटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली २ राउण्ड, चरेश जस्तो कालो पदार्थ ३ सय ग्राम र सिरिन्ज ४ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।