सिलबन्दी गरेको ताला फुटाउने पक्राउ
काठमाडौं, ३२ साउन
काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित काठमाडौं बानेश्वर बस्ने बासु ढकालको बिगमार्टमा आपूर्ती मन्त्रालयको अनुगमन टोलीले सोमबार सिलबन्दी गरेको ताला फुटाउने काठमाडौ कालोपुल बस्ने कपिलबस्तु बाणगंगाका गोदाम ईन्चार्ज ३५ वर्षीय गोपाल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले सिलबन्दी गरेको ताला फुटाई आफ्नो मोटरसाइकलको चाबी निकाली सटर बन्द गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

