आगलागीबाट क्षति
काठमाडौँ, १ भाद्र
झापा : बिर्तामोड नगरपालिका–६ स्थित कृषिथोक बजार भित्र रहेको सोही ठाउँ बस्ने घनश्याम अधिकारीको सटरबाट बुधबार बिजुलीको लाईन सर्ट भई आगलागी हुदाँ अधिकारी सहित १३ जनाको बिभिन्न किसिमका पसलहरु पूर्णरुपमा जलेर करीव १ करोड ५१ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिका–१२ टेकु शुक्रमार्ग स्थित ज्योति श्रेष्ठको घरमा देविका श्रेष्ठले संचालन गरेको श्रद्धा मेशिनरी एण्ड ट्रेडर्स पसलमा मंगलबार करेन्ट सर्ट भई आगलागी हुदाँ पानी तान्ने पम्प, वेल्डिङ मेशिन, जेनेरेटर, ट्याङ्की र विभिन्न साईजका पाइपहरु जलेर करीव ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सप्तरी : मैनाकडेरी–९ बस्ने दुखि खङको घरमा मंगलबार राति करेन्ट सर्ट भई आगलागी हुदाँ दुईतले घर र गाई गोठ जलेर करीव ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दा, दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

