घर भत्कदा मृत्यु

म्याग्दी, १ भाद्र
    बेनी नगरपालिका–९ गलेश्वर बस्ने ४९ बर्षीय नक बहादुर गर्वुजाको एकतले टिनले छाएको व्लकको गारो भएको घर भत्कदा उनको मृत्यु भएको छ ।
    अविरल बर्षाले मंगलबार राति घर पछाडीको ढिस्को खसेर गारो भत्कदा गारोले च्यापेर गम्भीर घाइते भएका उनलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल म्याग्दी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।