सवारी दुर्घटनामा मृत्यु
काठमाडौँ, १ भाद्र
चितवन : दारेचोक–९ फिस्लिङ स्थित पृथ्वी राजमार्गमा ना.४ ख ४५१६ नम्बरको बस र लु १ ख ९३६१ नम्वरको बस मंगलबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी गुल्मी जुगुम–८ बस्ने २२ बर्षीया मन्जु गौतम र उनको १० महिनाको छोरा संयोग गौतमको नयाँ मेडिकल कलेज भरतपुरमा तथा नाम,थर,वतन खुल्न नसकेका १ जना पुरुष र १ जना महिलाको मलेखु सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य ३१ जना घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भरतपुर तथा काठमाडौतर्फ लगिएको छ ।
नवलपरासी : बर्दघाट नगरपालिका–४ स्थित महेन्द्र राजमार्गमा ना.१ ज १३१७ नम्बरको जिप मंगलबार व्रेक फेल भई सडकको बाँया साईडमा पल्टदा जिपमा सवार ११ जना मध्ये चालक सुक्रौली–८ बस्ने २८ बर्षीय सुधाखर पाण्डे, सरावल गाबिस घर भएकी २६ बर्षीया चनमती थारु र भारत धरमपुर घर भएका २७ बर्षीय चिन्तु सहनी सहित ३ जनाको घनास्थलमै र सरावल गाबिस घर भएकी २० बर्षीया चेत कुमारी थारुको दाउन्ने देवी पोलिक्लिन बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य घाइतेहरुको सोही पोलिक्लिनमा उपचार भईरहेको छ ।
कास्की : पोखरा उपमहानगरपालिका–१८ काजीपोखरी स्थित कालीका क्याम्पस अगाडी ग.१ ख ५६६३ नम्बरको नगर बसबाट झर्ने क्रममा मंगलबार तनहुँ ब्यास नगरपालिका–११ बस्ने २४ बर्षीय सुमन गुरुङलाई सोही गाडीको पछाडीको टायरले ठक्कर दिंदा गम्भीर घाइते भएकोले पश्चिम क्षेत्रीय अस्पताल गण्डकी लगिएकोमा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

