कैची प्रहार गरी श्रीमती मार्ने पक्राउ
मोरङ, १ भाद्र
कैची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ बर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियारले मंगलबार सामान्य वादविवादमा ३७ बर्षीया श्रीमती कल्पना परियारलाई कपडा काट्ने कैचीले टाउकोमा हान्दा घाइते भएकोले स्थानीय अस्पताल शनिश्चरेमा उपचार गराई घर ल्याएकोमा बुधबार विहान अवस्था गम्भीर भई अस्पताल लैजाने तयारी गर्दा कल्पनाको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

