लागू औषध चरेश सहित पक्राउ
पर्सा, १ भाद्र
पटेर्वा सुगौली गाविस–१ अकुवा टोल बस्ने ५० बर्षीय रामचन्द्र पासवानलाई प्रहरीले लागू औषध चरेश २० किलो, चरेशको धुलो २५ किलो, चरेश पेल्ने मेसिन ५ थान, ना.३७ प ६७०५ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको छ ।
पटेर्वा सुगौली गाविस–१ अकुवा टोल स्थित झुपडी घरमा लागू औषध चरेश रहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोखरीयाबाट मंगलबार खटिएको प्रहरी टोलीले उनलाई उक्त चरेश लगायतका सामान सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

