नियन्त्रित लागू औषध सहित पक्राउ
झापा, १ भदौ
कास्की पोखरा उपमहानगरपालिका–२७ घर भएका २० बर्षीय मनिष अधिकारी सहित ४ जनालाई प्रहरीले नियन्त्रित लागू औषध फेनारागन ७३ थान, लुपिजेसिक ७३ थान र डाईजापाम ७३ थान सहित पक्राउ गरेको छ ।
साउन २८ गतेदेखि सनीअर्जुन नगरपालिका–९ बसपार्क स्थित सुम्निमा पारुहाङ होटलको कोठा नम्वर १०४ मा बसेर लागू औषध सेवन गरिरहेका उनीहरुलाई प्रहरीले मंगलबार राति उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

