अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, १ भाद्र
    मानवअधिकारकर्मी Improving understanding of the LGBTI (lesbian, gay, bisexual, transgender, intersex) community and protecting the social and cultural rights in stigmatized societies विषयक अन्तरक्रियात्मक कार्यक्रम बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । संयुक्त राज्य अमेरिकी दूतावासको निमन्त्रणामा नेपाल भ्रमण गर्नेक्रममा मानवअधिकारकर्मी च्यगकभ ले प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।
    मानवअधिकारकर्मी Rouse ले तेस्रो लिङ्गी, समलिङ्गी लगायतका समुदाय सबैतिर हुने, झट्ट हेर्दा नचिनिने तर आफ्नो अवस्था सबैले स्वीकार गरुन भन्ने चाहने तथा समान व्यवहार, प्रेम र न्यायको चाहाना राख्ने बताउनुभयो । साथै कानुन कार्यान्वयन गर्ने निकायको रुपमा सबैलाई सुरक्षा प्रदान गर्नु प्रहरीको कर्तव्य भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
    कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै प्रहरी प्रधान कार्यालय मानवअधिकार सेलकी प्रमुख प्रहरी उपरीक्षक पूजा सिंहले अन्तरक्रिया कार्यक्रमले प्रहरी अधिकृतहरुलाई उक्त समुदायका बारेमा सचेत हुन थप मद्धत पु¥याएको उल्लेख गर्नुभयो ।