तीनतला माथिबाट खसेर घाइते

ललितपुर, २ भदौ
    ललितपुरस्थित खुमलटार सिभिल होमको भवन निर्माण गर्ने क्रममा बिहिबार भवनको ३ तला माथिबाट खस्दा खुमलटार बस्ने बंगलादेशका नागरिक २६ वर्षीय रोब्युल स्लाम घाइते भएका छन् । उनलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल लगिएको र अवस्था बोल्न नसक्ने रहेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।