वेहोस भएर मृत्यु
काठमाडौं, २ भदौ
काठमाडौं : काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित सिटी टावर नजिक बिहिबार वेहोस अवस्थामा फेला परेका काठमाडौं सिनामंगल डेरा गरी बस्ने सप्तरी हरिपुर–५ का ५५ वर्षीय दुखीलाल चौधरीको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको छ ।
अछाम : तेजाब खाई बेहोस अवस्थामा फेला परेका तुम्राखाद–६ बजारमा पसल गरी बस्ने २८ वर्षीय ललित बि.क.को स्थानिय स्वास्थ्य चौकीमा उपचारको क्रममा बिहिबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

