कुटपिट गरी घाइते बनाउने पक्राउ
काठमाडौं, २ भदौ
बुढानिलकण्ठ नगरपालिका–१२ कपन साततले चोक बस्ने १५ वर्षीया अस्मिता राईलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीया सितल गुरुङ्ग, १९ वर्षीया मनता शाही र १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामान्य बिबादको कारण उनीहरुले कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ्ग ह्याण्ड अस्पताल चावहिल लगिएकोमा दिर्घायु अस्पताल मित्रपार्क रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

