कर्तव्य गरी छोरी मारेको अभियोगमा पक्राउ
पर्सा, २ भदौ
कर्तव्य गरी छोरी मारेको अभियोगमा महादेवपट्टी–३ बस्ने ३५ वर्षीय शिब मुखिया बिनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
शिबले आफ्नै छोरी १३ वर्षीया प्रभाकुमारी बिनलाई कर्तब्य गरी मारी फालेको भन्ने खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा नेपाल भारत सिमानाको दशगजा नजिक ओरिया खोलाको किनारमा खाल्टोमा झारले छोपेको अवस्थामा प्रभाको शव फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

