आगलागीबाट धनमाल क्षति
मोरङ, ३ भदौ
कोशीहरैचा नगरपालिका–२ बस्ने अचुद मियाको घरमा बिहिबार भान्साबाट आगलागी हुँदा घरभित्रका अन्नपात, लत्ताकपडा तथा जिन्सी सामान जलेर नष्ट भई करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यसैगरी मोरङ बाहुनी–८ दौलतपुर बस्ने परशुराम बजगाईको घरमा बिहिबार भान्साबाट आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भई करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानियवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

