सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, ३ भदौ
    नवलपरासी : प्रसौनी–१ अरुणखोला र चोरमाराको बिच जंगलस्थित महेन्द्र लोकमार्गमा बा.११ च ३९६७ नम्बरको कार र ना.१५ प ६५९३ नम्बरको मोटरसाइकल शुक्रबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक नबलपरासी बर्दघाट नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक चौधरी र मोटरसाइकलमा सवार  ३५ वर्षीय पंचराम कुमालको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सिराहा : जानकीनगर–७ स्थित बाँसको पुलबाट स.५ प १९१३ नम्बरको मोटरसाइकलसहित खोलामा खस्दा बिहिबार गम्भीर घाइते भएका तेनुवापट्टी–९ बस्ने ३५ वर्षीय संगीतकुमार सिंहको उपचारको लागि लहानतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको छ ।
    सुर्खेत : बीरेन्द्रनगर नगरपालिका–१ धारापानीमा ना.५ त ६६१६ नम्बरको ट्याक्टरबाट खसेर बिहिबार गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १५ वर्षीय रमेश नेपालीको कोहलपुर मेडिकल कलेज कोहलपुरबाट थप उपचारको लागि भारतको लखनउ लैजाने क्रममा शुक्रबार बाटोमै मृत्यु भएको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका छन् ।
    सर्लाही : कौडेना–९ लखनदेही पुल नजिक भित्रि सडक खण्डमा बहुर्अवाबाट मलगंवातर्फ आउँदै गरेको ना.३ ख ६१४८ नम्बरको यात्रुबाहक बस शुक्रबार अनियन्त्रित भई सडकबाट करीव २ मिटर तल पल्टिन जाँदा बसमा सवार सुदामा–३ बस्ने २१ वर्षीय संजिव सिंहसमेत १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल मलगंवा पठाइएको छ । उनीहरुमध्ये ५ जना मध्यम र १२ जना सामान्य घाइते भएका छन् । बसचालक फरार भएकोले खोजी कार्य भइरहेको छ ।
    दुर्घटनास्थलमा स्थानीय प्रहरीबाट उद्धार एवं आवश्यक अनुसन्धान भइरहेको छ ।