खोलाले बगाई तथा डुबेर मृत्यु
काठमाडौं, ३ भदौ
कास्की : पोखरा उपमहानगरपालिका–१७ विरौटा हनुमान टोलस्थित नहरले बगाई ल्याएको अवस्थामा सोही ठाउँस्थित रामेश्वर मार्ग बस्ने ईन्द्रकुमार ढुंगानाको छोरा ४ वर्षीय ईमेज ढुंगानाको बिहिबार प्रहरीले उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।
बैतडी : गत साउन २२ गते सलेना–१ मामाघर जाने क्रममा स्थानीय बाघगोठ खोलाले बगाई बेपत्ता भएका दुर्गास्थान–२ बस्ने भरतराज ओडको छोरा १४ वर्षीय एसवन ओड दुर्गास्थान–१ मानेगाडमा बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके : कोहलपुर नगरपालिका–१० डुडुवा खोला तर्नेक्रममा खोलाको पर्खालको भ¥याङबाट अचानक खसेर पानीमा डुब्दा सोही ठाउँस्थित पप्पु कन्सट्रक्सनका सुपरभाईजर सर्लाही लालबन्दीका २८ वर्षीय निरज ढकालको बिहिबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

