गोली प्रहारबाट मृत्यु
कपिलबस्तु, ३ भदौ
सौराहा–३ बेलभरिया बस्ने ३२ वर्षीय राजु मल्लाहको अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागेर शुक्रबार मृत्यु भएको छ ।
आफ्नै घर बाहिर सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले उनलाई गोली प्रहार गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ खटि गएको प्रहरीले गम्भीर घाइते अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल तौलिहवा लैजानेक्रममा उनको बाटैमा मृत्यु भएको थियो । मृतक राजु इँटाभट्टामा काम गर्ने भन्ने बुझिएको छ ।
गोली प्रहार गर्ने व्यक्तिको व्यापक खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

