फेवातालमा डुबेर वेपत्ता
कास्की, ३ भदौ
पोखरा उपमहानगरपालिका–२६ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा पोखरा–५ डेरा गरी बस्ने रुकुम हुकाम–२ का ३६ वर्षीय जितबहादुर शाही बिहिबार अचानक तालमा डुवेर बेपत्ता भएका छन् ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उनको खोजी कार्य जारी राखेको छ ।

