भीरबाट लडेर मृत्यु

काठमाडौं, ४ भदौ
    ललितपुर : भारदेउ–२ बस्ने ५६ वर्षीया माईली तामाङ मादक पदार्थ सेवन गरी हिँडिरहेको अवस्थामा घर नजिकैको भिरबाट लड्दा शनिबार मृत्यु भएको छ ।
    सोलुखुम्बु : सामानहरु बोकेर लुक्लातर्फ जाँदै गरेको अवस्थामा बुङ–८ पेङमुङ बस्ने ४२ वर्षीय राजी राई  चौरीखर्क–४ सुर्केस्थित हिप्पा खोलाको किनारमा लडेर मृत्यु भएको अवस्थामा शनिबार फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।