करेन्ट लागेर मृत्यु तथा घाइते

मकवानपुर, ४ भदौ
    हेटौंडा उपमहानगरपालिका–२२ बस्ने ८१ वर्षीया नरकुमारी श्रेष्ठको शुक्रबार करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ भने उनका पति भैरबलाल श्रेष्ठ घाइते भएका छन । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । सोही ठाउँस्थित ठुलो गँगटेमा बिद्युतको ट्रान्सफर्मरबाट हाइभोल्टेज आई पड्किन जाँदा श्रेष्ठको घरमासमेत तार सर्ट बिद्युत मिटरबक्स पड्कन जाँदा आगलागी समेत भएको थियो । हाइभोल्टेजबाट स्थानीय लिलाबहादुर मानन्धरको काठको गोठमा समेत करेन्ट सर्ट भई आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    दमकल, प्रहरी र स्थानीयको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको छ ।