वेहोस भएर मृत्यु
काठमाडौं, ४ भदौ
काठमाडौं : काठमाडौं महानगरपालिका–२ निलसरस्वती लाजिम्पाटस्थित पानीको खाल्डोमा शुक्रबार बेहोस अवस्थामा फेला परेका हाल नाम, थर, वतन नखुलेका करीव ३० वर्षीय पुरुषको प्रहरीले उद्धार गरी शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
अर्घाखाँची : पोखराथोक–९ बस्ने ७१ वर्षीय भिमबहादुर रायमाझीको वेहोस भएर मृत्यु भएको छ । साथी भिमबहादुर सूर्यबंसीको घरमा शुक्रबार बास बसेर शनिबार बिहान चिया खाने क्रममा एक्कासि बेहोस हुँदा उनको मृत्यु भएको बताइएको छ ।
रुपन्देही : सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित होटल लुम्बिनी ईन्टरनेशनलमा श्रीलङ्काली नागरिक ६५ वर्षीय बिजय सूर्याको शुक्रबार बेहोस भएर मृत्यु भएको छ । लुम्बिनी भ्रमणमा आएका श्रीलङ्काली नागरिकहरु ६५ जना खाना खाई बास बसेकोमा सूर्या एक्कासि बेहोस भएपछि उपचारको लागि मेडिकल कलेज भैरहवा लैजानेक्रममा बाटोमै मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

