सवारी ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

काभ्रे, ४ भदौ
    काभ्रे जिल्ला अदालतको २०७२ जेठ २७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ५ दिन कैद ठहर गरी फरार रहेका मादमकुडारी गाबिस–१ बस्ने २५ वर्षीय बिकास तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि काभ्रे जिल्ला अदालतमा पेश गरेको छ ।