अवैध रुपमा राखेको युरिया मलसहित पक्राउ
रौतहट, ४ भदौ
समनपुर–४ स्थित दिनेश साहको घरमा अवैध रुपमा यूरिया मल स्टोर गरेर राखेको छ भन्ने विशेष सूचनाको आधारमा शुक्रबार खटी गएको प्रहरीले युरिया मल १ सय ३५ बोरा र युरिया मलको खाली बोरा १ सय ८० थानसहित साहलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

