नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरिएको
काभ्रे, ४ भदौ
काभ्रेस्थित अरनिको राजमार्ग र बिपीराजमार्गमा चल्ने सवारी साधनहरुमध्ये क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई ट्राफिक नियम अनुसार प्रहरीले कारवाही गर्नुको साथै रुट पर्मिट नभएका सवारी साधनहरु काठमाडौंतर्फ फिर्ता पठाएको छ ।
राजमार्गका विभिन्न चेकप्वाइन्टमा खटिएको प्रहरीले शुक्रबार रुट पर्मिट नभएका ११ सवारी फिर्ता पठाएको छ भने क्षमता भन्दा बढी यात्रु राख्ने ४० सवारी साधनलाई कारवाही गरी २७ हजार ५ सय राजश्व संकलन गरेको छ । यसैगरी बिहिबार रुट पर्मिट नभएका ७२ सवारी साधन फिर्ता पठाएको छ भने क्षमता भन्दा बढी यात्रु भएका २ सय ४३ सवारी सधानलाई कारवाही गरी ३८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

