बाघको आक्रमणबाट मृत्यु
बैतडी, ५ भाद्र
बाघको आक्रमणबाट उदयदेब–९ मकौला बस्ने हिरा चन्दको ६ वर्षीया छोरी चन्चला चन्दको मृत्यु भएको छ । शनिबार आफनै घरको आँगनमा खेलीरहेको अवस्थामा बाघले आक्रमण गरी लगेकी बालिकाको खोजतलास गर्दा घर देखि करीब ५ सय मिटर टाढा भिडा भन्ने स्थानमा बाघले छातीको भाग, कन्चट र चिउँडो खाएको अवस्थामा फेला पारिएको थियो ।

