खोलाले बगाई मृत्यु तथा बेपत्ता
काठमाण्डौं, ५ भाद्र
काठमाडौं : चन्द्रागिरी नगरपालिका–८ किसिपिडी बस्ने २५ वर्षीय हरिश महर्जनको डुबेर मृत्यु भएको छ । शनिबार सोही ठाउँमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर घाइते भएका उनलाई बागेश्वरी अस्पताल बलम्बु हुँदै थप उपचारको लागि शहिद मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कालिकोट : रकु–९ बस्ने अनिपाल देवकोटाको १३ वर्षीय छोरा पवन देवकोटा मेहलमुडी–५ स्थित सान्नीघाट खोलामा नुहाउने क्रममा शनिबार खोलाले बगाई बेपत्ता भएका छन् । स्थानियबासीको सहयोगमा प्रहरीले उनको खोजतलास गरिरहेको छ ।

