आगलागीबाट धनमाल क्षति

काठमाडौं, ३० भदौ
    खोटाङ : हौचूर गाबिस–२ स्थित पञ्चकन्या नि.मा.बि.मा बिद्युत सर्ट भई बुधबार आगलागी हुँदा कार्यालय कोठा, कागजात, फर्निचर, कम्युटर ४ थान, नगद ५ हजार रुपैयाँ गरी करीव १७ लाख ९७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    नवलपरासी : दुम्कीबास–५ दाउन्ने उकालोस्थित महेन्द्र राजमार्गमा बा.२ ख ७८५५ नम्बरको खाली ट्रिपरको अगाडिको इन्जिन भागमा तातिएर बिहिबार आगलागी हुँदा करीव ८० प्रतिशत भाग जलेर क्षति भएको छ ।
    स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।