पानीमा डुबेर मृत्यु

काठमाडौं, ३० भदौ
    कपिलबस्तु : अत्यधिक मादक पदार्थ सेवन गरी रामनगर–६ स्थित पानी पोखरीमा हाम फाल्दा डुबेका रामनगर–५ पटना बस्ने ६० वर्षीय बर्षाती चमारको पोखरीबाट बाहिर निकाल्ने क्रममा बिहिबार मृत्यु भएको छ ।
    सिरहा : बिष्णुपुरकट्टी–७ स्थित धनगढीमाई नगरपालिका–१२ बस्ने २८ वर्षीया हिरामाया खनालकी छोरी ३ वर्षीया दिलिसा खनालको खेल्ने क्रममा अचानक सार्बजनिक ईनारमा खस्दा बिहिबार घटनास्थलमै मृत्यु भएको छ । बालिकाको उद्धारको लागि ईनारमा हाम फालेकी हिरामायालाई स्थानियबासीको सहयोगमा प्रहरीले असक्त अवस्थामा उद्दार गरी उपचारको लागि लाहान अस्पतालतर्फ पठाएको छ ।
    रसुवा : स्याफ्रु–६ स्थित गोसाईकुण्ड तालको पानीमा हाल नाम, थर, वतन खुल्न नसकेका करीव ३५ वर्षीय  पुरुष डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।