आगलागीमा परी एकको मृत्यु तथा धनमाल क्षति

काठमाडौं, ३० भदौ
    महोत्तरी : आफ्नै घरमा खाना पकाउने क्रममा बुधबार चुलोबाट अचानक साडीमा आगो सल्कन गई जलेर गम्भीर घाइते भएकी भरतपुर–१ बिसहरा बस्ने २० वर्षीया सोनीदेबी शर्मा ठाकुरको अंचल अस्पताल जनकपुरमा उपचारको क्रममा बिहिबार मृत्यु भएको छ ।
    सप्तरी : रामपुर मल्हनिया–६ बस्ने सुफलाल यादवको घरमा बालेको घुरबाट बुधबार आगलागी हुँदा निज सुफलालसहित ८ जनाको घर, अन्नपात, लत्ताकपडा गरी करीव ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    पर्सा : भौवाटार–९ बस्ने रामबिनेस ठाकुरको घरमा लामखुट्टे मार्न बालेको घुरबाट बिहिबार आगलागी हुँदा  घर, लत्ताकपडा, अन्नपात तथा गरगहना गरी करीव ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।